१३ भाद्र २०७७, शनिबार
  • तारा आचार्य,

विराटनगर, १३ भदौ । मोरङको पथरीशनिस्चरे नगरपालिका–२ का ६० वर्षीय पुरुषको शनिबार विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको छ ।

न्यूरो अस्पतालमा यही भदौ ३ गते भर्ना भएका उनी लामो समयदेखि मलेरियाका विरामी थिए । साथै, उनमा रगतको कमी र मृगौलाको समस्या रहेको पनि जानकारी गराइएको छ ।

उनको स्वस्थ्यमा समस्या बढेपछि न्यूरोको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा शनिवार विहान ५ बजे मृत्यु भएको हो ।

उनको पहिले गरिएको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएको थियो, भने मृत्युपछि गरिएको टेष्टको रिपोर्टमा पोजेटिभ आएको मोरङ प्रहरीले जनाएको छ । रिपोर्ट आउनु अगाडिनै आफन्तले उनको शव लगेका थिए ।

तर, पछि रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि घर लाँदै गरेको शवलाई मोरङ प्रहरीको पहलमा बाटोबाटै फर्काएर नेपाली सेनाको शव व्यवस्थापन टोलीले कानेपोखरीको जंगलमा अन्तिम संस्कार गरेको मोरङ प्रहरीले जनाएको छ ।

योसँगै मोरङमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सख्या १७ पुगेको छ ।

LIVE TV