१३ भाद्र २०७७, शनिबार

एजेन्सी, १३ भदौ । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसका वैज्ञानिकहरूले कोरोना भाइरसविरूद्धको प्रभावकारी खोप तयार पारेको दाबी गरिसकेका छन् ।रूसले उक्त खोपको नाम स्पुतनिक ५ राखेका छन् । तर वैज्ञानिकहरूले कोरोना खोपको बारेमा पुटिनले गरेको दाबीमाथि शंका गरेका छन् । रसियाले यो खोप करिब ७६ व्यक्तिमा प्रयोग गरेको जनाइएको छ । तेस्रो चरणको परीक्षण अझै बाकीनै छ, जसमा हजारौं मानिसमा खोप परीक्षण गरिनेछन्।

विश्वभरिका वैज्ञानिकहरू रातदिन कोरोना भाइरस खोप बनाउने प्रयास गरिरहेका छन्। तर विश्वले अहिलेसम्म कोरोनाविरुद्धको खोप पाएको छैन् ।

LIVE TV