
- मणिराज पाण्डे,
कालिकोट, १३ भदौ । कालिकोटमा भदौ ५ गतेबाट लागू गरिएको निषेधाज्ञा भोलिबाट खुल्ने भएको छ । सहाय प्रमुख जिल्ला अधिकारी युवराज गुराँगाईंले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भदौ ५ गतेदेखि लागू गरिएको निषेधाज्ञा भोलिदेखि खुल्ने जानकारी गराएका हुन् ।
तर, जिल्लाको तिलागुफा नगरपालिका वडा नं १, २ र ३ मा भने भदौ २० गतेसम्म निषेधाज्ञा कायमै रहने पनि गुरागाईंले जानकारी गराएका छन् । भोलिदेखि निषेधाज्ञा खुलेपनि भीडभाड तथा जमघट गर्न भने निषेध गरिएको छ ।