१३ भाद्र २०७७, शनिबार

एजेन्सी, १३ भदौ । मेक्सिकोमा शुक्रबार ५ हजार भन्दा बढी नयाँ कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ ५ हजार ८ सय २४ नयाँ कोरोना संक्रमित फेला परका हुन् । पछिल्लो चौबीस घण्टामा ५ सय ५२ मानिसहरुले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ३८ पुगेका छन् । त्यस्तै भाइरसको कारण मृत्यु हुनेको संख्या ६३ हजार एक सय ४६ पुगेको छ।

सरकारले रेकर्ड भैरहेको संक्रमणको संख्या भन्दा धेरै बढी हुन सक्ने जनाएको छ। कोरोनाबाट हुने मृत्युको संख्या मेक्सिको र भारतमा त्यति धेरै फरक नभएको बताइएको छ।

LIVE TV