१३ भाद्र २०७७, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ, १३ भदौ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ का फोकल पर्सन बिमल केसीले बताउनुभयो । उहाँका अनुसार शुक्रवार तुलसीपुरका क्वारेन्टाईनमा बसेका ५ जना सहित समुदाय स्तरका २३४ जनाको स्वाव संकलन गरिएको हो ।

जसमा तुलसीपुर ११ उरहरी बेलटोकुरा क्षेत्रबाट २९ जना, वडा नम्वर ५ र ६ बाट १६८ जना र बढी भीडभाड भएका क्षेत्रमा प्रत्यक्ष स्थलमै ३७ जनाको कोरोना आशंकामा स्वाव संकलन गरिएको फोकल पर्सन केसीले बताउनुभयो ।

यो संगै तुलसीपुर क्षेत्रमा हाल सम्म दुई हजा ५ सय ७ जनाको स्वाव संकलन गरिसकिएको छ । हाल सम्म तुलसीपुरमा ८५ जना कोरोना संक्रमित रहेका छन् । ती मध्ये १७ जना मात्रै उपचाररत छन् भने अन्य निको भई घर फर्किसकेका छन् ।

LIVE TV