१३ भाद्र २०७७, शनिबार
  • इरफान अली

वीरगन्ज, १३ भाद्र । वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा ५ महिला र ४५ पुरुष गरी ५० जना रहेको नारायणी कोभिड अस्पतालका चिकित्सक डा उदय नारायण सिंहले जनाए । उनका अनुसार शुक्रबार प्रयोगशालामा ४४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित ५० जनामा सङ्क्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मा १५ वर्षका किशाेरदेखि ५६ वर्षका वृद्धसम्म रहेका छन् ।

थपिएका ५० जना संक्रमितमध्ये पर्साका ३१ जना, बाराका ८ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका २ जना , रौतहटका १ जना र काठमाडौंका १ जना रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकाका गरी ३१ जनामा संक्रमण देखिएको हाे ।

LIVE TV