१३ भाद्र २०७७, शनिबार
  • देवेशराज भट्टराई

ल्, सुरु गरौँ त, दाँत देखाउँदिन मेरो, मास्क लगाको छु । स्ंसारमा केहि भएको छैन । के गर्नु, आफ्नो दाँत ठिक नभएपछी मास्क लगाएर हिड्नु परेको छ । हेय, यो अनुहार पनि अलि राम्रो भएको भए हुन्थ्यो । अनुहार होइन्, अनुहारको के कुरा गर्ने, नेपालमा त सबैलाई चाहिएको के, के भनेर सोच्दा, सोच्दै । चाहिएको रैछ मान्, सम्मान्, प्रतिस्ठा र कुर्सी ! हेय, कुर्सी पाउनलाई झोला चाहिन्छ्, भन्छन्, खोइ झोलामा के के हाल्ने हो ? आफुसित त, न झोला छ्, न कुर्सी पाउने सोखै छ , भन्नु पर्यो । त्यो भा भए त्, यो बालुवाटारमा म कैले पुगेर कहाँ, कहाँको के, के भइ सक्थे !गल्ती चाहिँ, धेरै अगाडिबाट भा हुनु पर्छ । मेरो नामै देबेशमान राख्नु पर्ने, के । अब मान्, नामैमा मान भएपछी, कती रमाइलो । कसै कसैका नाममा चाहिँ सबै मानै, मान, तर काममा चाहिँ ताना तान । गर्न सक्ने केहि होइन्,खुट्टा तान्ने काम । किन भन्दा, मान पाउन् । अब, आजको कथा चाहिँ, कुलमान र झुलमानको  ।

भन्थे, पढेको कुरा हो, हुने बिरुवाको चिल्लो पात्, नहुने बिरुवाको खस्रो पात्, भन्या जस्तै, कोही कोही मानिसहरु जन्म जातै तिक्ष्ण बुद्धी लिएर आ हुन्छन । ठाउँमा पुगे पछी कमालनै गर्न सक्छन्, कोही कोही चाहिँ आफुले गर्न सक्दैनन । अरुले गरे पछी, हे, म पनि गर्न सक्थे ! मेरो यस्तो मिलेन्, मेरो उस्तो मिलेन, भन्ने, चिजका, टाइपका मानिसहरु पनि धेरै भए । काम गर्न सक्ने मानिसहरुलाई क्रेडिट दिन सक्नु पर्छ । त्यस्तै कुरा अलि अगाडी तान दिन्छु । अब धेरै अगाडी पहिलो,पहिलो सिंह दरबारमा ४०० वटा कोठा उ बेलामा बनाए रे, त्यसपछी हरेक कोठामा ट्वाइलेटको सट्टा चाँदिका कोपरा राखे रे, है सुनेको कुरा । सत्य होकी होइन थाह छैन्, मलाई ।

त्यस्तै २०२० साल तिर्, यो, कोलम्बो प्लान्, अमेरिकन एड बाट नेपाली धेरै ठाउँमा पढ्न गए । अनि पढेर आएपछी के गरे भन्दा खेरि, यहाँ आएर खोजे, त्यही टुकि, ट्वाक । देखे स्ंसारमा भाको कुरा सबै देखे, तर आफ्ना देशमा आएपछी के गर्ने थाह हुनु पर्यो नि । अब यो टुकी ट्वाक मनस्थिती बोकेका मानिसहरुलाई जहिले पनि भ्रम हुन्छ,  मैले भा भए यस्तो गर्थेँ,मैले भा भए उस्तो गर्थे। गर्नु चाहिँ कएही छैन्, अमेरिका, बेलायतबाट पढेर आए, अनि त्यो बोरा भित्रको ट्वाइलेटमा जाने नेपालिहरुको बुद्धिको म उपहास के गर्नु ! आफु पनि परियो नेपालि, त्यस्तै हो !
अब, यसमा अर्को कुरा कसरी जोड्नु पर्यो भने,एउटा रमाइलो । त्यही बेलाको एकजना भद्रसित मेरो अलि १० बर्ष अगाडी जती कुरा भाको थियो । उहाले भन्नु भो तिमी के काम गरी राखेका छौँ।

मैले गाैरब कै साथ उत्तर दिए यत्रो यत्रो ठुलो काम गरी राखेको छु । अब अब फेरी प्रश्न आयो  तिमी यत्रो काम कसरी गर्न सक्छौ, मलाई त बिस्वास लागेन् । अनि फेरी मैले अर्को जबाब दिए  मैले किन नसक्नेू । उहाँले फेरी अर्को अचम्म सित फेरी भन्न लाग्नु भयो नेपाली ले के गर्न सक्छु । मलाई रिस किन उठ्थ्यो,बोल्न सुरु गरेँ  नेपालीले के गर्न सक्दैन्,सब स्ंसार हाक्न सक्छ्, तर, यहाँहरु जस्तै मानिसहरुको उपहास गर्ने प्रबृत्तिले अलि पछाडी पार्दिने हो कि, क्या होू । मैले त गरी राखेको छु, हामी सित धेरै बिद्ध्वान मानिसहरु पनि छ्न यो शहरमा, यो देशमा । जान्नु पर्ने त के छ भने आफ्नो क्षमतालाई पत्ता लगाउन सक्नु पर्यो, र प्रमाणित पनि गर्न सक्नु पर्यो, कि त्यो धेरै सुन्दर हुन सक्छु । अब गर्दै नगर्ने, गर्न लाज्ञो भने पनि खुट्टा तान्ने,कसरी हुन्छ । हामिले गर्योँ, हामिले सिद्ध्यायौं पनि एउटा भिमकाय भबन्, जुन यो शहरकै एउटा ल्यान्डमार्क हो।

त्यस्तै यहाँ हाम्रो कुलमानले यो भैचालो पछि, कसरी चाहिँ तिहारमा बत्ती झलमल पारे । अनि पारी सके पछी कराउन थालेस ए बा, इन्डियाले दियो, चाइनाले दियो, जल्ले दियो,जसरी दियो, तर गर्न सके त उनिले । तिमी हिजाे पोस्टमा हुँदा खेरी के गरी राखेका थियौँ । ए बा मलाई थाह छ पीडा  यो बिल्डिङ बनाउदा खेरि, इन्टेरियर गर्दा खेरी १०० प्रतिशत ब्याकपक जेनरेटर ब्याकअप । यो बत्ती जतिखेर नि जान सक्ने बत्ति, आज बत्ती पनी जान्छ र ! भनेर मेरो छोराले सोद्धछ्, बेलाबेलामा,कहिले काहिँ इन्टरनेटको सिग्नल गएको जस्तै ।

अब मलाई त त्यो ताका यो कुन कुनामा बसेको जस्तो नेपाल खाल्टो ! अब हेर्नुस राति, छानामा गएर्, काठमाडौ हेर्नुस्,अनी देख्नु हुन्छ बत्ती बल्या भन्या, के हो । दिमागको बत्ती बाल के पहिला, आफ्नो, आफ्नो । लडाइ गर्नु पर्छ्, लडाइँ गर्न सक्षम हुनु पर्छ । नभए त अब, नेपालमा मेरो बुढीले, अस्ती भर्खर ग्यासको पाइप लाईन जोडी । भाट त्यसैले पकाँछे ? अनि यो धोबी खोलामा स्टिमर आएर्, त्यो स्टिमरबाट सामानहरु ढुवानी हुँदैछ । ओहो, रेल चढेर त मार्समै पुग्ने भइ सके नेपालीहरु ? अब भन्नुस्, सोच्ने होइन, गर्ने दिन आयो ! अनि गर्ने मान्छे लाई सपोर्ट गर्ने कि खुट्टो तान्ने, तपाइँहरुकै हातमा छ । जय शम्भो….!

LIVE TV