१३ भाद्र २०७७, शनिबार

काठमाडौँ, १३ भदौ । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ जना र अन्य जिल्लाका ११ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी महिला रहेका छन्।

संक्रमितहरूको उमेर ११ वर्षदेखि ५९ वर्षसम्म रहेको अस्पतालको विवरणमा उल्लेख छ। रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन्।

संक्रमित हुनेमा अन्य जिल्लाका ११ जनामध्ये गोरखाका २ जना , नवलपुरका २ जना, सप्तरीका २ जना , र दैलेख, बारा,गुल्मी,सुर्खेत मोरङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा २७५ नमुना परीक्षण गरिएकोमा २४९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालले शुक्रबार २७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरेको थियो।

LIVE TV