१२ भाद्र २०७७, शुक्रबार
  • सुमन कार्की

पाल्पा, १२ भदौ । कोभिड -१९ सङ्क्रमणको बढ्दो जोखिम परिस्थितीमा समस्यामा परेका असहाय, गरिब, विपन्न वर्गका नागरिकका लागि रामपुरमा फुड बैंक स्थापना गरिएको छ ।

पछिल्लो समय रामपुर क्षेत्रमा भाद्र २ गतेदेखि नै १७ गते सम्मको लािग निषेधाज्ञा जारी गरिएको थियो । लायन्स क्लव रामपुरको आयोजनामा स्थानीय विभिन्न क्लवको समन्वयमा बिहिवार फुड बैंक स्थापना गरी रामपुर नगरपालिका वडा नं ५ बेझाड बजारबाट अभियानको शुभारम्भ गरिएको छ । लायन्स क्लब रामपुरका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मपन्न भएको थियो ।

लायन्स् क्लब लगायतका विभिन्न स्थानीय क्लवले गरेको यस कार्यले कोरोनाको विषम परिस्थितीमा गरिब विपन्न असहायलाई ठूलो राहत मिल्ने बताउँदै सहयोगी हात र अभियान सुरु गर्ने संघ संस्थालाई नगर प्रमुख थापाले धन्यवाद दिनुभएको हो ।

रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल र लायन्स् क्लव ३२५ बिटुका डिस्ट्रिक कोर्डिनेटर भोजेन्द्रप्रकाश ढकालले सामाजिक हितका लागि लायन्स् क्लब र स्थानीय क्लबले चालेको कार्य नमुना रहेको बताउनुभएको छ ।

एक व्यक्तिलाई पाँच किलो चामल, एक÷एक किलो दाल, नुन र आधा लिटर खानेतेल वितरण गरिएको भट्टराईले बताउनुभयो । बेझाड बजार रामपुर युवा क्लबको मन्चबाट सुरु भएको अभियान भदौ १२ गते वडा नं ४ सदावर्त, १३ गते ईस्लामपुर, १४ गते वडा नं ५ को मटेरी ठुलोटार र १५ गते भम्बकबाट अपरान्ह् ४ वजेबाट राहत सामग्री वितरण गरिने कार्यक्रम रहेको आर्थिक संकलन समितिका सदस्य सुन्दर कंडेलले जानकारी दिनुभयो ।

कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिम परिस्थितीमा काम नपाएर साँझ बिहानको जोहो गर्न समस्यामा परेका नागरिकलाई फुड वैंकले ठुलो राहत पुग्ने स्थानीयहरुको भनाई छ ।

LIVE TV