१२ भाद्र २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १२ भदौ । ‘खाने मुखलाई जूँगाले छेक्दैन . यो पुरानो भनाइकाे चरितार्थ गर्दै जस्तै परिस्थितिमा पनि इच्छाशक्ति राम्रो भएपछि काम गर्नेलाई कसैले पनि रोक्न सक्दैन । यस्तै उदाहरणका बनेका छन् जनकपुरका एक वडा अध्यक्ष ।

प्रदेश २ मा कोरोना संक्रमण बढ्दै गएका बेलामा पनि जनताको स्वास्थ्य अवस्था र वडावासीको आग्रह अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकी राम साहले आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान नै आफ्नो वडामा सुरु गरेका छन् ।

एकातीर सामान्य प्रकृतिका रोगिलाई पनि अस्पतालले भर्ना लिन मानेको बखत यो निशुल्क उपचारले वडामा मात्र होइन समग्र जनकपुमै चर्चा पाएको छ ।

कोरोना कहरको कारण अस्तपाल भौतारिँदै जीवन त्याग्नु परेको पर्याप्त उदाहरण देखिएपछि आफ्नो वार्डमा यो अवस्था आउन नदिने उदेश्य बोकेर नै अभियान संचालन गरिएको वडा अध्यक्ष जानकीराम साहले न्यूज २४ लाई जानकारी दिनुभयो । उहाँल भन्नुभयो – ‘वडावासी आग्रह पनि थियो वार्ड मैं निशुल्क शिविर र निशुल्क औषधि वितरण हुनुपर्छ ।’

कोरोनाकालमा अहिले जनकपुरमै पहिलो वार्डको रुपमा वार्ड ७ मा शुरुवात गरिएको यो उपचार पद्धति समयको माग नै रहेको अध्यक्ष साहको भनाइ छ ।  एक प्रश्नको जबाबमा वडा अध्यक्ष साहले भन्नुभयो – ‘यस्तो बेलामा जोखिम त छ तर जोखिम कै बहाना बनाएर आफ्नो दायित्व बाट भागने ब्यक्ति म होइन ।’

‘जनकपुर उप- महानगर पालिका समेतले त्यस्तो कुनै पहल नगरेको ठाउँमा वार्ड-७ को व्यस्थापनले वार्डलाई निकै हदसम्म राहत दिने काम गरेको छ’- जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रको तर्क छ ।

डाक्टरहरुको टीमसहित वडालाई लक्षित गरी गरिएको सो कार्य विधमान महामारीको स्वास्थ अवस्थामा कसैलाई उपचार बिना मर्नु नपरोस् भन्ने आशयले शुरू गरिएको छ।

आम अस्पताल अहीले कोरोना अस्पताल बनेकोले त्यहाँ अन्य विरामी समेतको जाँच लापरवाही भएको देखिएको छ। र , त्यहाँ पुग्दा संक्रमण समेत फैलिने डर हुन्छ। हो तिनै अवस्था आउन नदिन हामीले यो प्रयास थालिएको हो ।

उपचार मात्र होइन औषधि पनि नि:शुल्क वितरण भएपछि वडावासी खुशी छन् । ‘आपत्तकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान वार्ड- ७ ब्यानर अन्तर्गत शुरू गरिएको छ।

कार्यक्रमका संयोजक वार्ड ७ का अध्यक्षसमेत रहेका जानकी राम साहले अभियानको पहिलो दिन ४८ जना वाल बालिका र रोगिलाई नि:शुल्क उपचार र औषधि वितरण गरिएको बताउनुभयाे ।

अभियान अन्तर्गत शनिवार डाक्टर श्रीराम शर्मा (मेडिसिन) द्वारा उपचार र परामर्श उपलब्ध गराईने जनाईएको छ। बिहान ८ बजे देखि १० बजे सम्म सो सेवा मात्र वार्ड ७ को लागि मात्र हाल उपलब्ध गरिएको छ।

सप्ताहको ३ दिन सुक्रवार बालबालिका, शनिवार जेनरल फिजिसियन (मेडिसिन) र आईतवार महिलाहरुको लागि विशेसज्ञ गाइनो डाक्टर राखेर कार्यक्रम गर्ने प्रस्ताव अनुसार नै कार्य भएको अभियानका एक सदश्य संचारकर्मी किरण कर्णले बताए ।

LIVE TV