१२ भाद्र २०७७, शुक्रबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १२ भदौ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले छोटो अवधिमै सचिव सरुवा गर्ने प्रवृत्तिले प्रदेश सरकारको कामकाज नै प्रभावित भएको भन्दै पछिल्लो पटक गरिएको सरुवा तत्काल फिर्ता लिन संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्रीलाई आग्रह गरेका छन् ।

मन्त्री साहले आज संघीय मन्त्रालयलाई पत्र लेख्दै ४ महिना अगाडि मात्र आएका सचिवलाई सरुवा गरिएकोप्रति आपत्ति जनाउदै सचिव सरुवा तत्काल स्थगित गर्न र छोटो अवधिमै सचिव फेर्ने प्रवृतिको अन्त्य गर्न आग्रह गरेका हुन् ।

छोटो अवधिमै सचिव फेर्न प्रवृत्तिले प्रदेश सरकारको कार्यक्रमनै प्रभावित हुँदै आएको, पदस्थापना हुने सचिवले पनि सरुवा हुनुपर्ने भन्दै काममा खासै ध्यान नदिनेलगायतका कारणहरुले सचिवहरुलाई निश्चित अवधिको लागि पठाउन माग समेत माग गरेका हुन् ।

गत दुई वर्षमा ६ जना सचिवको सरुवा हुनु र अहिलेको विषम परिस्थितिमा किसानहरुको ऋण व्याज मिनाहा, धान बालीमा लागेको रोग निवारणमा गर्नुपर्ने प्रयास, मलखाद व्यवस्थापन गर्नुपर्ने भएपनि सचिवको अनपेक्षित सरुवाले उक्त सबै कार्यक्रमहरु प्रभावित भएको भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् ।

LIVE TV