१२ भाद्र २०७७, शुक्रबार
  • केदार शर्मा

चितवन, १२ भदौ । चितवनमा एकै दिन दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । बिहान ७ बजे चितवन मेडिकल कलेजमा हेटौडाकी ७७ बर्षीया महिला र बिहान १० बजे पुष्पाञ्जली अस्पतालमा भरतपुर २ क्षेत्रपुर निबासी ५१ बर्षीय पुरुषको ज्यान गएको हो ।

चितवन मेडिकल कलेजमा निमोनिया र दम रोगगबाट ग्रसित महिलाको ज्यान गएको मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले जानकारी दिनुभयाे । उक्त बिरामी महिलालाई भदौ ७ गते उपचारको लागि चितवन ल्याइएको थियो । सोहि बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो ।

यता आज बिहान १० बजेको समयमा पुष्पाञ्जली अस्पतालमा उपचाररच भरतपुर महानगरपालिका २ निबासी ५१ वर्षीय पुरुषको समेत ज्यान गएको हो । उनको स्वासप्रश्वासमा समस्या आएकोले भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । सोहि क्रममा भदौ ८ गते उनीमा कोरोना पुष्टि भएको अस्पतालका फोकल पर्सन सुदिप पाण्डेले जानकारी दिनुभयाे ।

उक्त पुरुषको फोक्सोमा गम्भीर निमोनिया देखिएको कारणले गर्दा भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला ज्यान गएको हो । हाल सम्म चितवनमा कोरोना संक्रमित ८ जनाको ज्यान गएको छ । जसमा चितवनका ४ जना मकवारपुरका ३ र कैलालीका १ जना रहेका छन् ।

LIVE TV