१२ भाद्र २०७७, शुक्रबार
  • सन्तोष काफ्ले

सुनसरी, १२ भदौ । पछिल्लो २४ घण्टा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा प्रदेश नम्बर १ का मोरङ, झापा र प्रदेश २ को सिराहका एकएक जनाको कोरोना सक्रमणको कारण पछिल्लो २४ मृत्यु भएको हो ।

झापाको दकम नगरपालिका ३ का ८३ वर्षिय पुरुषको आज शुक्रबार विहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जनाकारी दिनुभयाे । प्रवक्ता सापकोटाका अनुसार उनी लामो समय देखी मृगौला सगै उच्च रक्तचाप तथा मधुमेहको समेत समस्यावाट ग्रसित रहेका थिए ।

लगातार खोकी लागए ज्वरो आएपछि वि एण्ड सि असपताल विर्तामोडवाट रेफर भई भदौ ३ गते प्रतिष्ठानको कोभिड अस्पतालका भर्ना भएका उनको आज शुक्रबार विहान ३.४५ वजे मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयाे ।

त्यसैगरि भदौ ९ गते कोरोना सक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका मोरङको वेलबारीका ५६ वर्षिया महिलाको आज शुक्रबार विहान ३.१४ वजे मृत्यु भएको हो । कोशी अञ्चल अस्पतालवाट रिफरभइ आएकी उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमाभर्ना गरि उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रतिष्ठानमा हिजो विहिबार साझ प्रदेश नम्बर २ को सिराहका ५५ वर्षिय पुरुषको विहिबार प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रतिष्ठानमा हाल सम्म उपचारका क्रममा १५ जनाको कोरोना सक्रमणको कारण मृत्यु भइसकेको छ ।

LIVE TV