११ भाद्र २०७७, बिहीबार

काठमाडौं, ११ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर सय ५ जना ६९ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ६९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २० हजार ७३ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ५६ प्रतिशत हो ।

यस्तै हालम मुलुकमा सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ । त्यस्तै, हालसम्म ९ हजार ४ सय ८८ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा १५ हजार २ सय ७३ जना छन् ।

देशभर पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण हुँदा कुल ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV