११ भाद्र २०७७, बिहीबार
  • तारा आचार्य

विराटनगर, ११ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जना डिस्चार्ज भएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।विराटनगरमा ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामका् इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कालि सदन आईसोलेसन, विराटनगरबाट १ र होम आईसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।

प्रदेश १ मा बिहिवार १ हजार ७ सय ७३ पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार भाद्र ११ गते सम्म ८३ हजार ८ यस ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV