११ भाद्र २०७७, बिहीबार

काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ७७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ७७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र २ सय ७० संक्रमित थपिएका छन् भने ललितपुरमा ६६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४१ जना संक्रमित देखिएका छन् ।

योसंगै बिहीबारसम्म काठमाडौं उपत्यकामा जम्मा ४ हजार ३ सय ९६ जना संक्रमित पुगेका छन् । यसमध्ये काठमाडांैमा ३४ सय ५५, ललितपुरमा ५ सय ७५ जना र भक्तपुरमा ३ सय ६६ जना छन् ।

LIVE TV