११ भाद्र २०७७, बिहीबार
  • नन्दराम खड्का,

रोल्पा, ११ भदौ । रोल्पामा गएराति बन्चरोको बिँडले प्रहार गरी १ को हत्या गरिएको छ । जिल्लाको परिवर्तन गाउँपालिका–२ बागमाराको बादी टोलस्थित ४४ वर्षीय रामचरण बादीले गएराति २ बजे छिमेकी ४० वर्षीय मन बहादुर बादीको हत्या गरेका रोल्पाका प्रहरी प्रमुख डीएसपी चित्र बहादुर गुरुङले जानकारी दिए ।

मन बहादुर बादी किराना पसले हुन् । रामचरण बादीले उनको घरमा राति दुई बजे गएर चिनी मागेका थिए तर, मनबहादुर बादीले चिनी छैन भनेपछि एक्कसि बन्चरोको बिँड प्रहार गरी हत्या गरेका प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गुरुङले बताए ।

रामचरण बादीको मानसिक अवस्था पहिलेदेखि नै ठीक नभएको खुल्न आएको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

हत्यारा बादीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको डीएसपी गुरुङले जानकारी दिएका छन् ।

LIVE TV