११ भाद्र २०७७, बिहीबार
  • सुरेन कुँवर

चितवन, ११ भदौ । चितवनमा माक्स नलगाई सार्वजनिक ठाँउमा हिडडुल गर्ने ४१५ जना कारबाहीमा परेका छन् । बुधबारमात्रै ४० महिला र ३ सय ७५ पुरुष कारबाहीमा परेका हुन् । उनीहरुबाट ५९ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ । माक्स नलगाई हिडडुल गर्नेबाट एक सय जरिवाना लिने गरिएको छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्यामा दिनानु दिन वृद्धि हुँदै गएपनि मास्क नलगाई हिडडुल गर्ने मानिसको संख्यामा भने कमी नआएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

गत साउन ३२ गतेदेखि भरतपुर महानगरपालिकाले निषेधाज्ञा सुरु गरेसँगै अहिले यहाँका ७ वटै स्थानीय तहमा निषेधाज्ञा छ । निषेधाज्ञाको ११ दिन पुरा हुँदा पनि कोरोना संक्रमतिको संख्यामा कुनै कमी आएको देखिएको छैन । अहिले चितवनमा मात्रै ४ सय बढी कोरोना संक्रमित छन् ।

दुरी कायम नगर्ने कारबाहीमा

ट्राफिक प्रहरीले बुधबार सवारी साधनमा सामाजिक दुरी कायम नगरी सवार १७५ जनालाई कारबाही गरिएको छ । उनीहरुबाट १ लाख ४ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्याङकमा उल्लेख छ ।

 

LIVE TV