११ भाद्र २०७७, बिहीबार
  • रबिना बोहरा

बागलुङ, ११ भदाै । बागलुङमा बिहिबार ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

केही दिन पहिले बानपा ३ की एक महिलामा कारोना भाइरस संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक ट्रेसिङमा ६ जनामा कोरोना भाइरस देखिएको थियो ।

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार कन्ट्याक ट्रेसिङमा ४८ जना स्वाव परिक्षण गरिएकोमा बिहिबार पनि ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु १ वर्ष देखि ३४ वर्ष उमेर समुहका छन् । जसमध्य बागलुङ नगरपालिका १ का २ जना, बानपा ३ का ३ जना, बानपा ६ का एक जना, बानपा ८ का १ जना र बानपा १० का १ जना रहेका छन् ।

बागलुङ नगरपालिका भित्र समुदाय स्तरमा संक्रमण फैलिएपछि संक्रमणको दर पनि बढेको छ । स्वास्थ्य कार्यालय बागलुङबाट स्वाव परिक्षण गरि पठाएका २ जनाको पनि रिपोर्ट पोजेटिभ आएकाले उनीहरुको खोजी गरिरहेको बताइएको छ ।

LIVE TV