११ भाद्र २०७७, बिहीबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, ११ भदौ । लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका -२ का ५० वर्षीय पुरुषको मृत्यु भएको भएको हो ।

संक्रमित पुरुषलाई भदौ ५ गते श्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। सोही दिन गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको थियो। लामो समय देखि उच्च रक्तचाप, मधुमेहका बिरामी रहेका उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

यस संगै कपिलवस्तुमा कोरोनाबाट ३ जनाको मृत्यु भाइसकेको छ ।

LIVE TV