११ भाद्र २०७७, बिहीबार

काठमाडौँ, ११ भदौ । रुसले कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन लञ्च गरिसकेको छ । पहिले बनाएको खोपले मानिसहरुमा साइड इफेक्ट रहने बताइरहेका बेला रुसले दोस्रो भ्याक्सिन बनाएको र यसको अनुमितको नजिक पुगेको बताइएको छ । पहिला बनाएको भ्याक्सिनमा समस्या भएपनि दोस्रोमा त्यस्तो समस्या नआउने रुसको दाबी छ ।

रुस कोरोनाको दोस्रो भ्याक्सिनको अनुमतिको नजिक पुगेको मिडिया रिपोर्टमा जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार रुले स्पुत्निक-५ नामको कोरोना भाइरसको अनुमति पछि अब दोस्रो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सेप्टेम्बरको अन्त्यसम्म सकिने जनाइएको छ ।

रुसका डेपुटी प्रधानमन्त्री तात्याना गोलिकोवाले साइबेरियामा रहेको भेक्टर भाइरोलोजी इन्स्टिच्युटमा बनिरहेको यो भ्याक्सिनको तेस्रो चरण को क्लिनिकल ट्रायल सेप्टेम्बरसम्म सकिने बताएका हुन् । राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादमिर पुटिनलाई डेपुटी प्रधानमन्त्री तात्यानाले यस्तो ब्रिफ़ गरेको देखाइएको थियो ।

उनले पहिलो र दोस्रो चरणको ट्रायलमा यो भ्याक्सिनको कुनै नकारात्मक नतिजा नदेखिएकाले अब तेस्रो चरणको ट्रायल गरिने बताएका छन् ।

केहि दिन अघि मात्र रुसले कोरोनाको पहिलो भ्याक्सिन बनाएको घोषणा गर्दै उत्पादनको अनुमति दिएको थियो । यद्यपी यो भ्याक्सिनको निर्माण अन्तर्राष्ट्रिय मान्यता अनुसार नगरिएको भन्दै प्रयोग नगर्न चेतावनी दिइएको छ ।

केहि समय अगाडि मात्र रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन स्पूटनिक भी लञ्च गरेको थियो । गामालेया रिसर्च सेन्टरले उक्त औषधि बनाएको थियो

LIVE TV