१० भाद्र २०७७, बुधबार

काठमाडौं, १० भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर सय ३ जना ८५ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ८५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १९ हजार ५ सय ४ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ५६ दशमलव शून्य ६ प्रतिशत हो ।

यस्तै हालम मुलुकमा सक्रिय संक्रमितको संख्या ८ हजार ७ सय ११ रहेको छ । त्यस्तै, हालसम्म ९ हजार ८ सय ३२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा १४ हजार ७ सय ३९ जना छन् ।

देशभर पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण हुँदा कुल ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV