१० भाद्र २०७७, बुधबार
  • हिक्मत रावल

कैलाली, १० भदौ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा ११ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल रेकर्डर दिलिपकुमार श्रेष्ठले बताए ।
आज बुधबार बिहान ८ः ३५ बजे उनको भेन्टिलेटरमा मृत्यु भएको हो ।

ती पुरुषलाइ कोरोना देखिएपछि मंगलबार राति निसर्ग अस्पतालबाट सेतीमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।
ती पुरुषसंगै सुदूरपश्चिममा कोरोनाबाट मर्नेको संख्या ११ पुगेको छ । अहिलेसम्म कैलालीका ६ बाजुरा र बझांगका २र२ र अछामका एकको कोरोनाबाट मृत्यु भएको छ ।

LIVE TV