१० भाद्र २०७७, बुधबार

काठमाडौं, १० भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलाबाज बिजयी भएको छ । सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै जमैका तलवाजले एमेजन वारियर्सलाई ५ विकेटले जितेको हो ।

यसअघिका ३ खेलमध्ये एक खेलमा जीत र २ खेलमा पराजित भएको जमैकाले दोस्रो सफलता प्राप्त गरेको हो । आफ्नो टिम २  खेलमा पराजित भएपनि सन्दीपको प्रदर्शन भने लगातार उत्कृष्ट रहँदै आएको छ ।

खेल नेपाली समयअनुसार बुधबार बिहान सकिएको हो । खेलमा पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । त्यसमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चेर र एक विकेट लिएका थिए  । सन्दीपले सेरफन रडरफोर्डको विकेट लिन सफल भएका थिए । जमैकाले भने जवाफमा १८ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । जमैका अंकतालिकाको चौथो स्थानमा छ ।

LIVE TV