१० भाद्र २०७७, बुधबार
  • रोसन दानी

काठमाडौँ, १० भदौ । काठमाडौँ र धादिङको सिमाना झ्याप्लेखोलामा मालबाहक गाडीहरू रोकिएका छन् । काठमाडौ उपत्यकामा गत भदौ चार गते देखि निषेधाज्ञा जारी भएपछि अत्यावश्यक खाद्य सामाग्री बाहेकका सवारीसाधनमा रोक लगाईएको थियो ।

अचानक निषेधाज्ञा जारी भएपछि बाटोमा अलपत्र परेका गाडीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी बिश्वराज पोखरेलले नागढुङ्गैमा अलपत्र परेको खवर सार्वजनिक भएपछि एक पटकलाई सबै गाडीहरू भित्रिन दिने र त्यसपछि निषेध गर्न निर्देशन दिनुभएको थियो ।

उक्त निर्देशन भए पनि गाडीहरू निरन्तर काठमाडौँ भित्रिरहेका छन् । यद्यपी, विभिन्न स्थानबाट उपत्यका प्रवेशका लागि आएका मालबहाक सवारी साधनहरु अलपत्र पर्नुमा प्रशासन संयन्त्रको समन्वय अभाव भएको पाईएको छ । उपत्यकामा प्रवेश निषेध छ भन्ने थाहा हुँदा हुदै बिरगंज, सुनौली रसुवागढी लगायत नाकाबाट लोड गरी चलानी गरिएका ५० गाडीहरू तीन र चार दिन देखि नाकामा आएर बसिरहेका छन् । यसमा किन गृहप्रशासनले ध्यान पुर्याउन नसकेको स्पष्ट भएको छ ।

उपत्यकामा निषेधज्ञा जारी रहेको थाहा पाए पनि भन्सार पास भएर सिल गरी पठाएको गाडीहरू प्रवेश गर्नसकिने भन्सार अधिकारी र व्यावसायीले बताएपछि आफुहरु लोड गाडी लिएर आएको बिरगञ्जबाट सामान लिएर आएका चालक संजाय शाहले बताउनुभयो ।

त्यसैगरि रसुवा नाकाबाट लत्ताकपडा बोकेर आएका कर्साङ तामाङले ब्यसायीले आउन भनेपछि आफू आएको तर बाटैमा अड्किएको बताउनुभयो । यहाँसम्म आएपछि फर्किने सम्भावना पनि छैन, उहाँले भन्नुभयो । उपत्यका प्रवेश गर्न नपाउदा अलपत्र परेको उहाँको भनाई छ ।

चालक सहचालकहरुले आफुहरुसंग पैसा नभएको खाने कुराहरु समेत नपाएकोले भोकभोकै बस्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।
प्रर्याप्त सूचना नहुनु र राज्यकै निकायहरुले समन्वय नगर्दा मजदुरहरु मारमा परेका छन् ।

भन्सार कार्यालय देखि कुनै पनि जिल्लामा नरोकिनु र एक्कासी उपतयका छिर्ने नाकाममा रोक्दा आफुहरु मारमा परेको भन्दै यातायात मजदुरहरुले गुनासो पोख्ने गरेको प्रहरीको भनाई छ ।

तथापी प्रहरीले पछिल्लो निर्णयपछि अत्याबश्यक बाहेक सबैसवारीसाधनलाई उपत्यका प्रवेशमा निषेध गरेको छ भने खाद्यान्न औषधि लगायत अत्यावश्यक सामग्री हरुलाई निर्बाध उपत्यका प्रवेश गर्न दिईरहेको छ । भारतीय नाका देखि चितवन, धादिङ प्रहरीले समेत चलानी नहेर्दा समस्या देखिएको छ ।

LIVE TV