९ भाद्र २०७७, मंगलवार

काठमाडौ, ९ भदौ । निषेधाज्ञा लागू भएसंगै उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ । लकडाउनको बेला अत्यावश्यक वस्तुसंगै निर्माण सामग्री लगायतका वस्तु बोकेका गाडी पनि प्रवेश गर्न दिइएको थियो । तर अहिले अत्यावश्यक वस्तु बोकेका गाडी मात्रै प्रवेश गर्न दिइएको छ ।

त्यसमाथि अत्यावश्यकमा पनि औषधि, खाद्यवस्तुलाई प्राथमिकतामा राखिएपछि निर्माणलयागत तयारी पोशाक र लत्ताकपडा बोेकेका सवारी साधनहरु नाकामा नै थुनिएका छन् ।

सरकारले दुई साता अघि पासको व्यवस्था समेत खारेज गरेर देशभर अन्तर जिल्ला यातायातको आवागमनामा पनि कडाई गरेपछि देशभर अहिले सवारी साधनको आवात जावत बन्द छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगासहित दक्षिणकाली र साँगा नाकाबाट अहिले दैनिक सयौ सवारी साधन फिर्ता हुन थालेका छन् भने उपत्यका भित्रिन दिइएको सवारी साधनमा पनि चालक र सहचालकसहित बढीमा ३ जनालाई मात्र आउन दिइएको छ । त्यो पनि सामान अनलोड गरेर फर्किहाल्ने सहमतिमा ।

काठमाडौं उपत्यका प्रवेश गर्न पाइने आशामा अहिले पनि नागढुंगा नाकामा सयौ मालवाहक सवारी साधन रोकिएका छन् ।

तस्बीर : महेश्वर केसी/न्यूज २४

LIVE TV