
काठमाडौं, ९ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर सय ३ जना १३ निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय १३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।

त्यस्तै, हालसम्म १० हजार ४ सय ५३ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा १४ हजार २ सय ५० जना छन् ।
देशभर पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण हुँदा कुल ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।