९ भाद्र २०७७, मंगलवार
  • दान बहादुर बुढा

मुगु, ९ भदौ । जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द साताका लागि गरिएको छ । सोमबार स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एक जना लेखापालमा कोरोना पुष्टि भएपछि महामारी फैलिन नदिन आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएकाे हाे ।

जिल्ला अस्पातका प्रमुख डा.निर्मल नगरकोटीका अनुसार मुगु अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी चिकित्सक नर्स, अनमी र अन्य स्थानीयलाई गरी ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा एक जना अस्पतालमा कार्यरत लेखापालमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पोजिटिभ कर्मचारीलाई उपचारका लागि सोमबार देखि नै आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । कोरोना महामारी फैलिन नदिन एक साताका निम्ति गमगढी बजार क्षेत्रलाई नै सिल गर्ने जिल्ला प्रशासन कार्यालयले तयारी भैरहेको बताएका छन् ।

मुगु जिल्लामा आज सम्म खत्याड गाँउपालिका मा ३ जनामा कोरोना पोजेटिभ देखीएका मध्य २ जना कोरोना जितेर घर फ्रकेका छन् ।

LIVE TV