९ भाद्र २०७७, मंगलवार
  • उत्तम पौडेल

पोखरा, ९ भदौ । पोखरामा एक सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको लेखनाथमा रहेको एक एफ एम रेडियोमा कार्यरत सञ्चारकर्मीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा लेखनाथ महानगरपालिका- २८ का उनी क्रियासिल सञ्चारकर्मी हुन् । पाेखराकाे स्थानीय रेडियामा कार्यरत उनी पछिल्लाे समय पनि निरन्तर काममा लागिरहेको र उनको ट्राभल हिस्ट्रीको विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीलाई संक्रमण देखिएसंगै पोखरामा सञ्चारकर्मीमा कोरोना संक्रमणको संख्या दुई पुगेको छ ।

LIVE TV