८ भाद्र २०७७, सोमबार

काठमाडौं, ८ भदौ । कीर्तिपुर नगरपालिकामा अहिलेसम्म ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।कीर्तिपुर नगरपालिका वडा नम्बर नं. १ मा ८ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्य स्थानीय ५जना विभिन्न जिल्लावाट आएका ३ जना रहेका छन् । त्यसैगरी वडा नं. २ मा स्थानीय ३ जना र विभिन्न जिल्लावाट आएका २ जना गरी ५ जना संक्रमित फेला परेका छन्। वडा नं. ३ मा भने हाल सम्म एउटा पनि संक्रमित नभेटिएको जनाइएको छ ।

त्यस्तै कीर्तिपर नगरापालिकाका वडा नं. ४ मा स्थानीय ६ जना विभिन्न जिल्लाबाट आएका २ जना जम्मा संक्रमित ८ जना संक्रमित भएका छन् । वडा नं. ५ मा स्थानीय २ जना विभिन्न जिल्लाबाट आएका २ जना जम्मा संक्रमित ४ जना पुगेका छन् । त्यस्तै, वडा नं. ६ मा स्थानीय ३ जना विभिन्न जिल्लाबाट आएका ५ जना गरी जम्मा संक्रमित ८ जना पुगेको जनाइएको छ। त्यस्तै वडा नं. ७ स्थानीय एक जना पनि संक्रमित नदेखिएको तर विभिन्न जिल्लाबाट आएका १ जना संक्रमित भएका छन् ।

कीर्तिपर नगरापालिका वडा ८ मा अहिले सम्म पनि संक्रमित फेला नपरेको जनाइएको छ । वडा नं. ९ मा स्थानीय २ जना विभिन्न जिल्लावाट आएका १ जना जम्मा संक्रमित ३ जना र वडा नं. १० विभिन्न जिल्लाबाट आएका १ जना जम्मा संक्रमित १ जना देखिएको छ ।

LIVE TV