८ भाद्र २०७७, सोमबार

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय २४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ७७ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् ।

सोमबारसम्म काठमाण्डौ उपत्यकामा जम्मा ३ हजार ४ सय ८६ जना संक्रमित छन् । यसमध्ये काठमाण्डौमा २७ सय ५६, ललितपुरमा ४ सय ४३ जना र भक्तपुरमा २ सय ८७ जना छन् ।

LIVE TV