७ भाद्र २०७७, आईतवार

काठमाडौं, ०७ भदाै । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी मार्फत उपचार गरिएका २ जनामध्ये एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । केहिदिन अघि बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापी मार्फत उपचार गरिएका उनको आइतबार राती मृत्यु भएको हो ।

उनी स्थानीय धरान उपमहानगरपालिका ८ का रहेको अस्पताल स्रोतले जनाएको छ । ती बृद्ध गत साउन ३० गते अस्पतालमा भर्ना भएका थिए । उनको त्यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । धरानमा दुई कोरोना संक्रमितको प्लाज्मा थेरापी मार्फत उपचार गरिएको मध्ये अर्काकाे अवस्था सामान्य भइसकेकाे बताइएकाे छ ।

उनको मृत्यु भएसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट ज्यान जानको संख्या १६ पुगेको छ । जसमा सुनसरीका मात्रै ३ जना रहेका छन् । त्यस्तै मोरङका १३ जना रहेका छन् ।

LIVE TV