७ भाद्र २०७७, आईतवार
  • मनिराज पाण्डे

कालिकोट, ७ भदाै । महिनादिनदेखि कालिकोटमा टेलिफोन आउने-जाने समस्याले नागरिकलाइ सास्ती भएको छ । मोबाइल नेटवर्क, ल्यान्डलाइन र एडिएसएल सेवामा यस्तो समस्या आएको हो ।

बढ्दाे ग्राहक संख्या र माइक्रोवेभबाट सेवा प्रवाह गर्दा समस्या दोहोरिरहेको नेपाल टेलिकम कालिकोटका कार्यालय प्रमुख प्रेम बिष्टले बताउनु भयो ।

टेलिफोन सेवा प्रभावकारी नहुँदा गाउँमा हुने सबै प्रकारका घटनाहरुको सूचना ढिलो आउने तथा प्रष्ट नबुझिने गरेको डिएसपी श्यामबाबु ओलीयाले बताउनु भयो ।

एक महिना अघिदेखि देखिएको यस्तो समस्या सामाधानका लागि नेपाल टेलिकम कालिकोटले प्रादेशिक कार्यालयलाइ पत्रचार गरे पनि सुनुवाइ नभएको बताएको छ । टेलिफोन सेवा प्रभावकारी नहुँदा दैनिक समाचार सम्पेषणमा समेत समस्या आउने गरेको रेडियो प्रदेश आवाजका स्टेशन म्यानेजर रत्न कार्कीले बताउनुभयो ।

नेपाल टेलिकमको भर्तामा रहेको रिपिटर टावरमा समस्या आएको टेलिकम कालिकोटका कार्यालय प्रमुख बिष्टकाे भनाइ छ । नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालय बबरमहल, काडमाडौँले साधन-स्रोत नपठाउने र काम गर मात्र भन्ने गरेकाले गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको नेपाल टेलिकम प्रादेशिक कार्यालय नेपालगन्जका कार्यालय प्रमुख शिवराज खनालले बताउनुभयो ।

नेपाल टेलिकम कर्णाली कर्णाली प्रदेशको प्रादेशिक कार्यालय समेत अहिलेसम्म प्रदेश ५ को नेपालगन्जमा नै राखिएको छ ।

LIVE TV