७ भाद्र २०७७, आईतवार
  • इरफान अली

पर्सा, ७ भाद्र । विगत केही दिन यता पर्सा जिल्ला कोरोनाको हटस्पट बन्दै गएको छ । वीरगंजको अधिकांश क्षेत्र कोरोना प्रभावित भएको छ भने पर्सा जिल्लामा आईसोलेशन वार्डको कमी हुन थालेको छ । कोरोनाको उपचारका लागि पर्सा जिल्लाका विभिन्न अस्पतालहरु कोभिड अस्पतालमा परिणत समेत  गरिएका छन् ।

कोरोना उपचारकै क्रममा वीरगंजको कोभिड अस्पतालबाट २ जना कोरोना संक्रमित फरार भएका छन् । छोटु तिवारी र रामु माझी दुई जना थुनुवा फरार भएका जिल्ला प्रहरी र्कायलय पर्साले जनाएको छ ।

दुई जनै सार्वजनिक मुद्दामा पक्राउ भई थुनुवा कैदी हुन् । वीरगन्जका विभिन्न कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको उपचारका लागि वीरगन्जको नारायणी कोभिड अस्पतालमा भर्ना गराइएको पर्साका प्रहरी नायब उपरीक्षकले बताए ।

शनिबार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले दुई सङ्क्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

पर्सामा हाल १२०० जना भन्दा बढी कोरोना संक्रमित छन भने योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउन यतामा मात्रै ३२ जनाको मृत्यु भएको हो ।

वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३६ मध्ये पर्साका २८, बाराका ५ र रौतहटका २ जना हुन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन।

LIVE TV