७ भाद्र २०७७, आईतवार

काठमाडौं, ७ भदाै । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले घटेको छ ।

नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज आतबार सुन तोलाको ९८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार प्रतितोला ९८ हजार ८ सय रूपैयामा कारोबार भएकाे थियाे ।

आज तेजावी सुन तोलाको ९७  हजार ९ सयमा कारोबार भइरहेको छ । शुक्रबार तेजाजी शुन प्रतिताेला ९८ हजार ३ सयमा कारोबार भएकाे थियाे ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतिलोला २५ रूपैयाँले घटेर चाँदीको मूल्य १३ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

LIVE TV