६ भाद्र २०७७, शनिबार

काभ्रे, ०६ भदौ । काभ्रेमा आज एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई अस्पतालमा गरिएको परीक्षणमा ३५ जनाको कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको हो । संक्रममितहरुमध्ये १४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

बनेपा १३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा परीक्षण गरिएका २३ जना र अन्यको धुलिखेल अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमितहरु धेरैजसो स्वास्थ्यकर्मी भएपनि केहि सुरक्षाकर्मी र चमेना गृहका स्टाफ पनि रहेका छन् । कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ मिलेका ५९ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य उपचारका लागि अस्पताल आएका बिरामीमा संक्रमण पुष्टि भएकाे हाे ।

आजका संक्रमितहरु सहित काभ्रेमा कोरोना संक्रमितको संख्या १ सय ३९ पुगेको छ । काभ्रेमा कोरोना भाइरसको संक्रमणका कारण २ जनाको ज्यान गइसकेको छ । त्यस्तै ४३ जना निको भएर घर फर्किसकेका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही आइसोलेशनमा रहेका छन् ।

LIVE TV