६ भाद्र २०७७, शनिबार
  • सुमन कार्की

पाल्पा, ०६ भदौ । पाल्पाका बजार पसल आज दिनभर सुनसान बनेको छ । दैनिक कोराना भाइरस देशव्यापी फैलिँदै गएसँगै पाल्पा जिल्लालाई पनि सुरक्षाको दृष्टिकोण र कोरोना संक्रमण रोकथामको लागि भन्दै भाद्र ५ गते साँझ १२ः०० बजेदेखि भाद्र १२ गते राती १२ः०० बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको निर्णयलाई कडाइका साथ कार्यन्वयन गराउने उदेश्यले बजार तथा पसलहरु पूर्ण रुपमा ठप्प पारिएको थियो । सरकारले स्थानीय रुपमा कोभिडको असर हेरी निषेधाज्ञा र कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो ।

एम्बुलेन्स, पानी ट्यान्कर, दुग्धजन्यसेवाका सवारी साधनहरुको मात्र आवत जावत भएको छ भने अन्य सवै सेवाहरु ठप्प छन् । खाद्यान्न पसल, तरकारी तथा फलफूल पसल र दुधडेरी भने विहान ७ बजे देखि १० वजे सम्मको लागि खुलेका हन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV