६ भाद्र २०७७, शनिबार
  • बसन्त खतिवडा,

बारा, ६ भदौ । सशस्त्र प्रहरी बल, बाराले नेपाल प्रवेश गर्न लागेका ४ जना भारतीय नागरिक र १ जना नेपाली नागरिकसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

बाराको विश्रामपुर गाउपालिकाको बडकी मुसहर्वास्थित छठघाटबाट नेपाल प्रवेश गर्दै गरेका अवस्थामा ४ जना भारतीयलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बाराका गणपति रविनराज कर्णजीतले बताए ।

उनीहरुलाई बोर्डर आउट पोष्ट बरैनियाका सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरीको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा पर्ने भारतीय नागरिकहरुमा माधव कर्मकार, रखल कर्मकार, अमर कर्मकार र वकिल मन्सुरी रहेका छन् ।

भारतीय नागरिकहरुलाई जीतपुरसिमरा उपमहानगर वडा नं. १० बलुवा बेहराका सुनिल यादवले नेपाल प्रवेश गराएका हुन् । सवै भारतीय नागरिकहरुलाई बाराको नितनपुरस्थित हनुमान मेटलमा काम गर्न आएका उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV