
- अभिमन्यु लामिछाने
उदयपुर,६ भदौ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ स्थित धनकुमार श्रेष्ठको घरमा आज आगलागी भएको छ ।आज विहान ८ बजे भएको आगलागीमा लत्ता कपडा, अन्नपात ,काठपात जल्दा करीब २५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।
डीएसपी भण्डारीका अनुसार श्रेष्ठको दुईतले घरमा कोही नभएका बेला आगलागी भएकाले विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको डिसपी भण्डारीले बताए ।
आगलागी नेपालप्रहरी,सशस्त्र प्रहरी नगरपालिकाको वारुण यन्त्र र स्थानीयको करिब एक घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको थियो।