६ भाद्र २०७७, शनिबार

काठमाडौं, ६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधान गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।

शनिबार अपरान्ह पौने पाँच बजे कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेताबीचको शक्ति संर्घषले पार्टी फुटको संघारमा पुगेपछि सहमति खोज्न ओली दाहालले कार्यदल निर्माण गरेका थिए ।

गत शुक्रबार गठित कार्यदलले शनिबारबाटै काम थालेर एक सातामा प्रतिवेदन बुझाएको हो । महासचिव बिष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरुका भीम रावल, जनार्दश शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भूषालको कार्यदल गठन गरेको थियो ।

कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पार्टीको काममा दाहाललाई हस्तक्षेप नगर्ने गरी सहमतिलाई अघि सारेको छ । पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशन नै उपयुक्त भएको निष्कर्ष समेत निकालेको छ ।

मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर, ओलीको एकलौटी चल्न नपाउने, पार्टी एकताको काम टुंगोमा पु¥याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने लगायत बिषयमा प्रतिवेदनमा समावेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV