
- भगतराम थारु,
नेपालगञ्ज, ६ भदौ । बाँकेमा थप २१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेहरुको कुल संख्या ५ सय ६८ जना पुगेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
शनिबार (आज) मात्रै ८ जना महिला र १३ जना पुरुष गरी कुल २१ जना घर फर्किएका स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराए ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गत साउन २४ गते आइसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । आइसोलेशनमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका ब्यक्तिहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले जानकारी गराए ।
श्रेष्ठका अनुसार बाँकेका बिभिन्न आइसोलेशन सेन्टरमा अझैं पनि २३५ जनाको उपचार भइरहेको छ भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु समेत भइसकेको छ । यता संक्रमितहरुको संख्या भने ८११ पुगेको जानकारी गराइएको छ ।