६ भाद्र २०७७, शनिबार
  • बसन्त खतिवडा,

बारा, ६ भदौ । प्रहरीले बाराको निजगढबाट २ नाल भरुवा बन्दुक र केही खजनासहित बाबु्–छोरालाई शुक्रबार राति नियन्त्रणमा लिएको छ ।

निजगढ नगरपालिका वडा नम्बर–१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षीय जनकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट सिगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरी नेतृत्वको टोलीले लोड गरिएको भरुवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने खजनासमेत बोकेर हिँड्दै गरेका अवस्थामा बाबु्–छोरालाई गएराति बारा र रौतहटको सिमानामा पर्ने धन्सार खोला बगरबाट नियन्त्रणमा लिएको हो ।

निरीक्षक थपलियाका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा ३५ थान, फलामको ७ थान सानो टुक्रा र शिशाको बोतलमा राखिएको अन्दाजी २ सय ५० मिलिलिटर बारुदसमेत बरामद गरिएको छ ।

उनीहरुलाई आइतबार जिल्ला अदालत बारामा पेस गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV