६ भाद्र २०७७, शनिबार
  • राजन परियार

सिन्धुली, ६ भदौ । सिन्धुलीमा पछिल्लो २ सातादेखि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै आइसोलेसन वेड अभाव हुनथाले पछी ५० वेडको आइसोलेसन अस्पताल निर्माण सुरु गरिएको छ ।

जिल्लाको कमलामाई नगरपालिका ६ स्थित शिबनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पताल निर्माण थालिएको हो ।
बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको सक्रियता तथा सिन्धुली अस्पतालको संयोजनमा तिनसाता भित्र निर्माण सम्पन्न गर्नेगरी अस्पतालको निर्माण थालिएको छ ।

आईसोलेसन अस्पताल निर्माणमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको ९७ लाख रुपैयाँ सहयोग र जिल्लाका स्थानीय तह, सामाजिक संघ संस्था र व्यक्तिसँग सहयोगमा बाँकी रकम जुटाइने बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले बताउनु भयो । उहाले भन्नु भयो“जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जानुका साथै समुदायस्तरमै संक्रमण पुगेको कारण आईसोलेशन कक्षको अभाव हुन थाले पछी सहयोग जुटाएर निर्माण कार्य सुरुगरिएको हो ।”

कोरोनाको जोखिमलाई सामना गर्न नागरीकको स्वास्थ्य सुरक्षामा गम्भीर हुँदै दाहालसंगै जिल्लाका जनप्रतिनीधिहरु, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनीधिहरु सक्रियभएर लागि परेका हुन् ।

पछिल्लो समय जिल्लामा एकै पटक दर्जनौंको संख्यामा कोरोनो संक्रमितहरु भेटीएपछि भेन्टीलेटर, आइसियू सहितको सुविधा सम्पन्न आइसोलेसन अस्पतालको निर्माण सुरु गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले बताउनु भयो ।

जिल्लामा पछिल्लो दुईसाता देखी कोरोना भाईरस कोभिड १९ को संक्रमण बढेसँगै सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकाले ९ गतेसम्म लकडाउन गरेको छ ।

त्यसैगरी जिल्लाका सबै स्थानीय तहले केही समयसम्मको लागि सर्ट डाउन गरिरहेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ जना पुगको छ । ती मध्ये १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लामा हाल ४३ वटा आइसोलेसन र ४ सय ९२ वटा क्वारेन्टाईन बेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV