६ भाद्र २०७७, शनिबार
  • मनिराज पाण्डे

कालिकोट, ६ भदाै । कोरोना संक्रमण बढ्दै गएपछि कालिकोटमा शुक्रबार राति १२ बजे देखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाकोको पहिलो दिन आज सदरमुकाम मान्म बजार सुनसान देखिएको छ । होटल र पसल पुर्णरुपमा बन्द भएका छन् भने बिहान ६ बजेदेखि ९ बजे सम्म सामान्य चहलपहल देखिएको जिल्ला सदरमुकाम ९ बजेपछि पुर्णरुपमा बन्द भएको हो ।

एम्बुलेन्स र दैनिक उपभोग्य बस्तु बोक्ने गाडी बाहेक अन्य यातायातका साधन समेत नचल्दा सडक सुनसान बनेको छ । कोरोना रोकथामका लागि होटल,पसल सरकारी तथा गैह्सरकारी कार्यालय यातायातका साधन पुर्ण रुपमा ठप्प गर्नु पर्ने यहाँका स्थानीयले बताएका छन् । केहि खुल्ला र केहि बन्द गर्दा कोरोना सर्न सक्ने भएकाले पुर्णरुपमा ठप्प गर्नु पर्ने स्थानीयको माग छ ।

दैनिक उपभोग्य बस्तुको नाउँमा खाद्यान तथा खुद्रा पसलहरु खुल्ने र दहि दुध ल्याउने मान्छे बजार आउजाउ गर्दा पनि कोरोना सर्न सक्ने स्थानीयको बुझाइ छ । जिल्लामा नेपाल प्रहरी र शसत्र प्रहरी उपस्थितीले बजार सुनसान देखिएपनि गाउँमा भने आउजाउ बढिरहेको छ । स्थानीय निकायलाइ जिल्ला प्रशासन कार्यालयले आउजाउमा कडाइ गर्न पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV