६ भाद्र २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, ६ भदौ । विराटनगर महानगरपालिका लगायत विभिन्न स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय, मोरङले भाद्र १० गते सम्मका लागि निषेधाज्ञा जारी गरेपछि विराटनगरका बजार र सडक सुनसान देखिएका छन् ।

कोरोना भाइरस समुदाय स्तरमै देखा पर्न थालेको र यसको रोकथाम तथा नियन्त्रणका लागि मानवीय गतिविधि कम गर्न जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेपछि विराटनगर बजार पुर्ण रुपले सुनसान भएको हाे ।

जिल्ला प्रशासन मोरङले विराटनगर महानगरपालिकालगायत बुढिगंगा गाँउपालिकाका वडाहरु १,२,३ र ४ कटहरी गाँउपालिकाको वडाहरु १ देखि ५ सम्म र रंगेली नगरपालिकाको वडाहरु ४ देखी ७ सम्म धेरै संक्रमित देखिएका कारण निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनु भयो ।

बजार तथा सडकहरुमा आवतजावत गर्ने सर्वसाधारणहरुको चहलपहल कम देखिएको छ फाट्फुट् निस्किएका सर्व साधारणहरुलाई डिउटिमा खटिएका सुरक्षाकर्मीहरुले सम्झाई बुझाई फर्काइदिएका छन् । अत्यावश्यक बाहेका सवै पसल सवारीसाधनहरु सञ्चालनमा आएका छैनन् ।

औषधीका पसलहरु खुलेका छन् भने एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनहरुमात्र सडकमा देखिएका छन् । स्थानियहरुले पनि निषेधाज्ञालाई साथ दिएको पाइन्छ । पछिल्लो समय मोरङमा कोरोना संक्रमितको संख्या धेरैनै बड्न थालेको छ यसलाई नियन्त्रण गर्न निषेधाज्ञानै जारीगर्नु पर्ने अवस्था सृजना भएको हो । मोरङमा मात्र १ हजार २ सय ४८जना संक्रमित रहेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV