६ भाद्र २०७७, शनिबार
  • सुरज बस्नेत

दोलखा, ६ भदौ । दोलखाको उत्तरी ब्यापारीक केन्द्र सिगटी बजार सिल गरिएको छ । कालिन्चोक गाउँपालिका ३ स्थित रोल्वालिङ सामुदायिक हस्पिटलमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण देखिएपछि शनिवार बिहान देखी नै सिगटी बजार सिल गरिएको हो । संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सो क्षेत्रलाई सिलगरिएको हो ।

गौरीशंकर गाउँपालिका वडा न ५ सुरिबाट ल्याएको एक युवकमा कोरोना संक्रमण देखिएको हो । हालसम्म दोलखामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ जसमध्ये ३ जना निको भएर घर फर्कीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV