६ भाद्र २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर ६ भदौ । डाइनियाको क्वारेन्टाइनमा बसेका ४० जना गलत सुचना पाएपछि पीसीआर रिपोर्ट नआई घर फर्किएका छन् ।

सुनबर्षी नगरपालिकाका सुचना अधिकृतको लापरवाहीको कारण रिपोर्ट नेगेटिभ आएको सुचना पाएर उनीहरु घर फर्किएका हुन् । प्रहरी र स्वास्थ्य शाखाले घर फर्किएकालाई खोजि गर्न थालेको स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले जानकारी दिनुभयो ।

उहाँले सुचना अधिकृत प्रदिप पण्डितले सवैको रिपोर्ट नेगेटिभ आएको भनेर झुक्किएर गलत सुचना दिँदा क्वारेन्टाइनमा बसेकाहरु घर फर्किएका हुन तर उनीहरुको रिर्पोट भने आएको छैन, मण्डलले भन्नुभयो ।

सानो गल्तिका कारण ठुलो समस्या आउने देखिएको छ सवैजना आ-आफ्नो घरमा फर्किए सवैलाई खोज्न प्रहरी परिचालन गरिएको छ । उनिहरुको रिपोर्ट आउन अझै केहिदिन लाग्ने अधिकृत पण्डितले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV