५ भाद्र २०७७, शुक्रबार

काठमाडौं, ०५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ७ सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेता नेपाल निवास कोटेश्वरमा सुरक्षा दिइरहेका उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सातै जनालाई आइसोलेशनमा राखिएको छ । नेता नेपालको सुरक्षाका लागि सशस्त्रको अर्को टोली कोटेश्वर गइसकेको नेता नेपालको सचिवालयले जनाएको छ ।

संक्रमित हुनेमा एक सवारी चालकसमेत रहेको बताइएको छ । केहीदिन अघि स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको रिपोर्ट शुक्रबार आाएको हो ।
सुरक्षा दिइरहेका सशस्त्रमा कोरोना पाइएपनि नेता नेपालसहित परिवारका कुनैपनि सदस्यमा कोरोना पोजेटिभ पाइएको छैन ।

LIVE TV