५ भाद्र २०७७, शुक्रबार

काठमाडौं, ०५ भदाै । राष्ट्रिय क्रिकेट खेलाडी ओपनर कुन्दन सिंह राजपूतको सहयोगार्थ च्यारिटी खेल कतारमा सम्पन्न भएकाे छ ।  खेलमा नेपाल ११ ले अल इख्तियार ११ लाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

दुवै मिर्गौला खराब भएका राजपूतका सहयोगका लागि कतारमा च्यारिटी शुक्रबार बेलुका भएको हो । कतारको सहेलिया मैदानमा सम्पन्न भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल ११ ले निर्धारित १६ ओभरमा १ विकेटको क्षतिमा २ सय ७० रन बनाएको थियो ।

नेपाल ११ का लागि मोख्तर अली ५० बलमा ८ चौका र १२ छक्का सहित १ सय २९ रनमा अविजित रहेका थिए । एन्टेखब अहमदले ४५ बलमा ७ चौका र ११ छक्का सहित १ सय ११ रन बनाउन सफल भए । नेपाल ११ का अस्गर अलीले सर्वाधिक २ विकेट लिएका थिए ।

नजम शेख, सोमन, सञ्जय, एन्टेखब अली र फिरोज रैनले १–१ विकेट लिन सफल भए । दुवै मृगौलामा खराबी आएपछि समस्यामा परेका कुन्दन सिंह राजपूत आफ्नो घर महोत्री फर्किसकेका छन् । उनमा कोरोना भाइरस संक्रमणसमेत भएको थियो । तर उनले कोरोना जितिसकेका छन् । उनी गत सालबाटै निरन्तर मृगौलाको उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV