५ भाद्र २०७७, शुक्रबार
  • बासु श्रेष्ठ,

धादिङ, ५ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइएको छ ।

काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निर्देशन दिएसँगै ३ सय भन्दा बढी निर्माण सामग्री बोकेका मालबाहक ट्रकहरु नागढुङ्गाबाट काठमाडौ प्रवेश गरेका हुन् ।

बिहीवारदेखि नौबिसे नागढुङ्गाको त्रिभुवन राजपथमा रोकिएका मालबाहक ट्रकहरुलाई अनलोड गर्नका लागि मात्र राति प्रवेश गर्न दिइएको र भोलिदेखि पूर्ण रुपमा बन्द गरिने थानकोट बृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

निषेधाज्ञा जारी भएको सूचनाको जानकारी नपाउदा चालकहरू कोही चाउचाउ र चिउरा त कोही भोक भोकै बस्नु परेको थियो ।

LIVE TV